हाम्रो केहि शब्दहरू

भक्त बहादुर वली
भक्त बहादुर वली
अधक्ष्य बंगलाचुली गाउँपालिका

 दाङ जिल्लाका २ वटा उपमहानगरपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १० वटा स्थानीय पालिका/तहहरूमध्ये करिब २४५.१४ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस बंगलाचुली गाउँपालिकाको विकास गर्न आर्थिक, सामाजिक, भौगोलिक आदि दृष्टिकोणले चुनौतीपूर्ण छ तर पनि गाउँपालिकालाई समृद्ध बनाउनका लागि सम्भावित श्रोत र आधारहरू प्रशस्त मात्रामा छन् । यस बंगलाचुली गाउँपालिकाको केन्द्र वडा नं. ४ स्थित कमिरेचौरमा रहेको छ । साविकको गाउँ विकास समितिहरू स्युजा, काभ्रे, लोहारपानी र हाँसीपुर समावेश गरी बंगलाचुली गाउँपालिका गठन गरिएपछि यो गाउँपालिकाको प्राथमिक तथ्याङ्क अर्थात् घरधुरी संकलन मार्फत समग्र वस्तुस्थिति झल्कने पाश्र्वचित्र तयार गरिएको छ । राज्यको पुर्नःसंरचनाको सिलसिलामा स्थापित यस गाउँपालिकाको यथार्थ विद्यमान अवस्था झल्काउने पाश्र्वचित्र तयारीले गाउँपालिकाको विकासको वर्तमान अवस्थालाई चित्रित गरेको छ । यस प्रकारको चित्रणले आगामी दिनमा हामीले तर्जुमा गर्नुपर्ने नीति तथा कार्यक्रमहरूलाई प्राथमिकीकरण गरी हामीलाई उपलब्ध सीमित श्रोत र साधनको अधिकतम सदुपयोग गरी गाउँपालिकाको समग्र विकासलाई गति प्रदान गर्न अवश्य पनि सहयोग पुर्‍याउने आशा तथा विश्वास लिएको छु । यस अध्ययन प्रतिवेदनले प्रायः सबै क्षेत्र तथा वस्तुगत यथार्थलाई समेट्न प्रयास गरेको भए तापनि सीमित श्रोत साधनको सीमाभित्र गरिएको अध्ययन आफैमा पूर्ण हुन सक्दैन । यसलाई समय सन्दर्भ अनुसार परिष्कृत र परिमार्जित गर्नुपर्ने आवश्यकता रहन्छ । योजनाबद्ध विकासको आधारको रुपमा रहने यो पाश्र्वचित्रलाई कोभिड-१९को महामारीको कारणले यथा समयमा तयार हुन नसकि केही ढिलाई भएता पनि यस पार्श्र्वचित्रको तयारीमा सहयोग पुर्‍याउने गाउँकार्यपालिकाको, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु, सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू तथा अन्य वडा तहमा महत्वपूर्ण जिम्मेवारी पुरा गर्ने कर्मचारी, घर–घरमा गई घरधुरी तथ्याङ्क संकलनमा सहयोग पुर्‍याउनु हुने सबै गणकहरूलाई तथ्याङ्क उपलब्ध गराउनु हुने सम्पूर्ण गाउँपालिकाबासी लगायत तथ्याङ्क उपलब्ध गराउने सम्पूर्ण विषयगत शाखा, विषयगत कार्यालय, संघसंस्था तथा अन्य सबैमा गाउँपालिकाको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । यसै गरी यो अध्ययन प्रतिवेदन सम्पन्न गर्ने श्री इनोभेटिव प्लानिङ एण्ड डेभलपमेन्ट कन्सल्ट प्रा.लि, सुनिलस्मृति-४ रोल्पालाई हार्दिक धन्यवाद दिन चाहान्छु । अन्त्यमा गाउँपालिकाको विकासको आधार चित्र कोर्न यो प्रतिवेदन सहयोगी बनोस र दीर्घकालीन सोचका साथ अगाडि बढ्न हामी सबैलाई उपयुक्त दिशा प्राप्त होस् भन्ने आशा गरेको छु ।


यमुना थापा मगर
यमुना थापा मगर
उपाध्यक्ष बंगलाचुली गाउँपालिका

 दिगो र योजनाबद्ध विकासलाई अगाडि बढाउनका लागि गाउँपालिकाको समग्र तथ्याङ्क आवश्यक पर्दछ । यसै आवश्यकतालाई मध्य नजर गरी गाउँपालिकाको पाश्र्वचित्र तयार गरिएको छ । जसमा Android Apps द्वारा घरपरिवार तथ्याङ्क संकलन गरी गाउँपालिकाका विभिन्न विषय समावेश गरिएका श्रोत नक्साहरू, विषयगत कार्यालयहरूबाट संकलन गरिएका तथ्यहरूमा आधारित भई उपलब्ध भएसम्म कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वन, सिंचाई, खानेपानी, विद्युत आदिका तथ्याङ्क समावेश गरी गाउँ पाश्र्वचित्र तयारी गरिएको छ ।

यस गाउँपालिकाको अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, योजना निर्माणकर्ता तथा गाउँपालिकाबासीहरूलाई पाश्र्वचित्रले सूचना प्रदान गर्न सहयोग पुग्नेछ भन्ने मैले आशा लिएकी छु । पाश्र्वचित्रमा उल्लेखित विवरणमा देवघाट गाउँपालिकाको राजनैतिक तथा प्रशासनिक विवरण छुट्टिने नक्सा, भू–वर्गीकरण तथा भू–उपयोग नक्साका साथै घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७७ का विविध जनसांख्यिक पक्षहरू समावेश गरिएको छ ।

अन्त्यमा प्रस्तुत पाश्र्वचित्र तयारी गर्ने सिलसिलामा सूचना संकलन गर्न प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सबैवडाबाट खटिनु भएका गणकहरू, घरपरिवारको तथ्याङ्क उपलब्ध गराउनु हुने गाउँपालिकाबासी, गाउँपालिकाका अध्यक्षज्यू विभिन्न विषयगत तथ्याङ्क उपलब्ध गराउनु हुने सम्पूर्ण विषयगत शाखा तथा कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु, विभिन्न संघ-संस्था, वडा सचिवहरू, गाउँ कार्यपालिकाका कर्मचारीहरू तथा शुरुदेखि तथ्याङ्क संकलन, प्रशोधन गरी पाश्र्वचित्रलाई यो रुप दिनुहुने परामर्शदाता श्री इनोभेटिव प्लानिङ एण्ड डेभलपमेन्ट कन्सल्ट प्रा.लि, सुनिलस्मृति-४ रोल्पालाई  विशेष धन्यवाद दिन चाहन्छु ।


नेव वहादुर वली
नेव वहादुर वली
प्रमुख प्रशासकीय अधिकृत

 साविकका गाउँ विकास समितिहरू स्युजा, काभ्रे, लोहारपानी र हाँसीपुर समावेश गरी जम्मा ८ वटा वडा कायम गरी मिति २०७३/११/२७ मा बंगलाचुली गाउँपालिका गठन गरिएपछि घरधुरी तथ्याङ्क संकलन गरी प्राथमिक तथ्याङ्कका आधारमा यो पाश्र्वचित्र तयारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । कुनै पनि विकासको मार्ग तयार गर्न योजनाको सही छनोट, प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरूको पूर्ण सन्तुष्टि सहितको उपयोग र निरन्तर अनुगमन एवम् मूल्याङ्कन र दिगोपनाको लागि सही र वस्तुनिष्ट निर्णय लिन तथ्याङ्कको आवश्यकता पर्दछ । विगतबाट सिकेर वर्तमानको भोगाईका आधारमा भविष्यका लागि योजना तर्जुमा गर्नु वर्तमान पुनर्संरचित स्थानीय तहको पहिलो आवश्यकता हो भन्नेमा दुईमत हुन सक्दैन ।वस्तुनिष्ठता र आवश्यकताको कसीमा योजनाहरू तथा कार्ययोजनाहरू अगाडि बढाउन नसकिएमा जनताले स्थानीय सरकारबाट राखेका अपेक्षा पुरा हुन सक्दैनन् । यसैकारण वर्तमानको हाम्रो धरातलीय, सामाजिक, साँस्कृतिक, जनसाङ्खिक तथा आर्थिक अवस्थाको पहिचान गरी भविष्यका आवश्यकता आँकलन गर्ने उद्देश्यका साथ यो अध्ययन प्रतिवेदन (पाश्र्वचित्र) सीमित समय तथा स्रोत र साधनको सीमाभित्र रही तयार गरिएको हो । पाश्र्वचित्रलाई सामान्य रुपमा अध्ययन गर्ने जो कोहीले पनि यो गाउँपालिकाको बहुआयामिकता सहितको वर्तमान अवस्था सहजै आँकलन गर्न सक्ने देखिन्छ । यो पाश्र्वचित्रलाई एकातिर गाउँपालिकाको सम्पूर्ण चिनारीको रूपमा हेर्न सकिन्छ भने अर्कोतर्फ यस मार्फत् हाम्रा सम्भावना र चुनौतीहरूलाई आंकलन गर्न सकिन्छ ।

पाश्र्वचित्र तयारीको क्रममा आफ्नो महत्वपूर्ण समय प्रदान गर्ने अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न विषयगत कार्यालयका प्रमुख लगायत सम्पूर्ण कर्मचारी, वडा सचिव साथीहरू, घरधुरी तथ्याङ्क संकलन गर्नुहुने गणकहरूतथा तथ्याङ्क संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विभिन्न संघ-संस्थाका प्रमुख तथा अन्य कर्मचारीहरू तथा पाश्र्वचित्रलाई यो रुप दिन सहयोग पुर्‍याउनु हुने परामर्शदाता श्री इनोभेटिव प्लानिङ एण्ड डेभलपमेन्ट कन्सल्ट प्रा.लि, सुनिलस्मृति-४ रोल्पालाई  हार्दिक आभार व्यक्त गर्दछु । अन्तमा, यो पाश्र्वचित्र आफ्नो उद्देश्य प्राप्तिमा सफल रहने आशा व्यक्त गर्दछु ।